दफा ५९
कर्मचारीले पाउने विदा
(१) कर्मचारीले देहायका विदाहरु तोकिए बमोजिम पाउनेछः-
(क) भैपरी आउने र पर्व विदा,
(ख) घर विदा,
(ग) विरामी विदा,
(घ) प्रसूती विदा,
(ङ) प्रसूती स्याहार विदा,
(च) किरिया विदा,
(छ) सट्टा विदा,
(ज) अध्ययन विदा,
(झ) असाधारण विदा ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कर्मचारीको पति वा पत्नी विदेशस्थित नेपाली राजदूतावास वा कुनै नियोगमा खटिई गएमा त्यस्तो कर्मचारीले तोकिए
बमोजिम बेतलबी विदा पाउनेछ । यसरी बसेको विदाको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन ।
(३) विदा सम्बन्धी अन्य व्यवस्था र कार्यविधि तोकिए बमोजिम हुनेछ ।